सन्राइज बैंकको लुभु शाखा स्थानान्तरण

काठमाडौं, १६ पुस । सन्राइज बैंक लिमिटेडले ललितपुरको लुभुमा रहेको शाखा कार्यालयालाई महालक्ष्मी नगरपालिका वडा नं. ८ मा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रम बीच महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ तथा बैंकका संचालक ओम कृष्ण जोशीले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरे ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायत अन्य उच्च पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको जनाएको छ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ७१ वटा शाखा, ९० वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरबाट बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *