Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

गरिबी घटाउन राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेशनलबीच सम्झौता

गरिबी घटाउन राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेशनलबीच सम्झौता

काठमाडौं, ५ भदौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा.शम्भु नारायण महतोले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पछि हेफर इन्टरनेशनल नेपालको सिफारिसमा बाख्रपालन, डोरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न सहकारी सदस्यका कृषकहरुलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने बैंकले जनाएको छ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी वाणिज्य बैंकले कृषि उद्यम गर्न चाहने कृषकहरुलाई सहूलियत रुपमा कर्जा लगानी गरिने बताए । त्यस्तै बैंकका ७ प्रदेशमा रहेका २ सय २२ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने श्रेष्ठले जानकारी दिए ।

हेफर इन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले यो सम्झौता नेपालको गरिबी निवारणमा कोशेढुङ्गा सावित हुने बताए । हाल हेफरले ४१ जिल्लाका २ लाख ५० हजार गरिब तथा पिछडिएका परिवारलाई सहयोग गर्दै आएको उपाध्यक्ष लोहनीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *