Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सेयर बजार स्थिर, ०.९९ अंकले घट्दा २६ करोडको मात्र कारोबार

सेयर बजार स्थिर, ०.९९ अंकले घट्दा २६ करोडको मात्र कारोबार

काठमाडौं, ५ भदौं । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) सेयर बजार परिसूचक र कारोबार रकम दुबैमा कमि आएको छ। आज बजार ०.९९ अंकले घटेर १२१३.०६ को बिन्दुमा बन्द भएको छ ।

होटल, माइक्रोफाइनान्स, जीवन बिमा र अन्य बाहेक अरु सबै समूहको परिसूचकमा गिरावट आएको छ । आज सेयर कारोबारमा पनि सुस्तता आएको छ। एक सय ७२ कम्पनीको २६ करोड १६ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ। हिजो २९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

आज एनआइसी एसिया बैंकको १ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जुन आजको सबैभन्दा धेरै कारोबार हो ।

पछिल्लो केही महिना सेयर बजारमा निकै उतार चढाव आइरहेको थियो । तर पछिल्लो केही दिन भने बजार स्थितर प्रायः रहनुलाई जानकारहरुले सकारात्मक संकेतकारुपमा लिएका छन् । ठुलो अंकमा उतार चढाव आएपछि केही समय स्थिर रहने र बढ्ने गरेको विगत सम्झदै अहिले पनि त्यसैको संकेतकारुपमा लिन सकिने जानकारहरुको तर्क छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x