Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रतिष्ठानमा काम गर्ने गैर नेपाली श्रमिकको अभिलेख राखिने

काठमाडौ, ५ भदौ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका औद्योगिक प्रतिष्ठानमा काम गर्ने गैर नेपाली श्रमिकको अभिलेख राख्ने भएको छ । गैर नेपाली श्रमिकको स्थानमा नेपाली श्रमिकलाई नै प्रतिस्थापन गर्ने योजना सहित विभागले अभिलेख राख्ने तयारी गरेको हो ।

आगामी मंसिर देखि अभिलेख संकलनको सुरुवात गर्ने विभागका महानिर्देशक लाल मनि ओझाले बताए । उनका अनुसार विरगंज, विराटनगर, नेपालगञ्जका क्षेत्रबाट अभिलेख संकलनको कार्य सुरु गरिनेछ । अभिलेख संकलनका लागि सरकारले यो बर्ष १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले धेरै पहिला देखि नै अभिलेख संकलन गरिने बताए पनि सरकारी ढिला सुस्तीका कारण प्रक्रिया अगाडी नबढेको विभागका महानिर्देशक ओझाले बताए । “यो पटक भने हामी सुरुवात मात्रै भए पनि गर्नेछौ । आगामी बर्ष यसले निरन्रता पाउँनेछ,” उनले भने ।

नेपालको औद्योगिक प्रतिष्ठानमा भारत, बंगलादेश, पाकिस्तान तथा म्यानमारका नागरिकले काम गर्दै आएका छन् । तर, यस्ता श्रमिक कति छन् भन्ने बिषयमा सरकारसँग कुनै तथ्यांक नै छैन ।
अभिलेख संकलन पछि नेपाली प्रतिष्ठानमा कस्ता खालका श्रमिकको आवश्यक रहेको छ भन्ने बिषयमा अध्ययन गर्न सहज हुने विभागले बताएको छ । साथै उक्त स्थानमा नेपाली श्रमिकलाई नै प्रतिस्थापन गर्ने गरी योजना बनाउँन सहज हुने विभागले अनुमान गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x