Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्सबीच बीमा प्रिमियम भुक्तानी गर्ने सम्झौता

एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्सबीच  बीमा प्रिमियम भुक्तानी गर्ने सम्झौता

काठमाडौं, ५ भदौ । एनआईसी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । बैंकको डिजिटल च्यानल मार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बीमा प्रिमियम भुक्तानी गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार उक्त इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशियाको मोबाइल बैकिङ्गलगायत एनसीएचएल–कनेक्ट आईपीएस र फोन पे एप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

हाल बैंकले २ सय ९६ शाखा कार्यालय, ३ सय ४१ एटीएम, ५८ वटा एक्सटेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x