Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राजस्व चुहावट आरोप विभागले दुईजना विरुद्ध चलायो

काठमाडौ, ५ भदौ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी आरोपमा भईटल हेल्थ केयर प्रालिका सञ्चालक राजेशकुमार अग्रवाल विरुद्ध मुद्धा दायर गरेको छ । विभागले साउन २ गते अग्रवाल समेतले वीरगन्ज भन्सार कार्यालयबाट मालवस्तु आयात गर्दा न्यून मूल्य घोषणा गरी राजस्व चुहावट गरेको ठहर गर्दै १ करोड १९ लाख ८३ हजार रूपैयाँ विगो मागदाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अग्रवाल र सोही कम्पनीका अर्का सञ्चालक सरोज गोयलले भन्सार एजेन्टका प्रतिनिधि तथा ट्रक धनी कुमार खरेल र चालक रन्जन अधिकारी समेतको सहयोगमा भारतबाट सामान ल्याउँदा न्यून मूल्य घोषणा गरी राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

भारतको ओयस्टर मेडिसेफ प्रालिबाट पैठारी गरेको ६० हजार १ सय थान आईभी सेट वीरगन्ज भन्सार कार्यालयबाट पैठारी गर्दा वास्तविक मूल्यभन्दा कम मूल्य घोषणा गरेको पाइएको विभागले जनाएको छ । प्रति इकाई भारू १ सय ९६ पर्ने उक्त सामानको राजस्व ५५ प्रतिशत हुन आउने रकम भारतीय रुपैयाँ १ सय ७ रूपैयाँ ८० पैसा घोषणा गर्नुपर्नेमा राजस्व कम तिर्ने उद्देश्यले भारतीय रुपैयाँ १८ मात्र घोषणा गरेर वीरगन्ज भन्सारबाट सामान पैठारी गरेको पाइएको विभागले जनाएको छ । उक्त घटनामा संलग्नमाथि कैद सजायको मागसमेत गरिएको छ ।

साथै सुन चोरी पैठारी गरी राजस्व चुहावटमा संलग्न भएको अरोपमा रसुवाका ढिण्डुप तामाङ विरुद्ध विभागले मुद्धा दायर गरेको छ । गोसाइँकुण्डका ढिण्डुपले १ केजी सुन चोरी पैठारी गरी राजस्व चुहावट तथा विदेशी मुद्रा अपचलन गरेको उल्लेख गर्दै विभागले उनीबाट ५५ लाख ७३ हजार रूपैयाँ विगो असुल गर्नुपर्ने मागदाबीसहित जिल्ला अदालत काठमाडौंमा गत मङ्गलबार मुद्दा दर्ता गरेको हो ।

रसुवाबाट पैठारी गरी राजधानी भित्राउँने क्रममा उक्त सुन नागढुङ्गामा प्रहरीले बरामद गरेको थियो । मोटरसाइकलमा भित्राईदै गरेको १ किजीे सुनको कुनै बिलविजक नभेटिएपछि ढिण्डुपलाई महानगरीय प्रहरी वृत्त थानकोटले विभागमा दाखिला गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x