नागरिक लगानी कोषको नाफामा बृद्धि
काठमाडौं, ६ भदौ । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७५–०७६ मा ४३ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा ३५ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कोषले व्याजबाट ४ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी ७३ करोड ५० लाख रुपैयाँ गरेको छ । ७९ करोड ८३ लाख रुपैयाँ कुल नाफा अर्जन गरेको लगानी कोषले २० करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । जस मध्ये सबै भन्दा बढी खर्च व्यवस्थापन शीर्षकमा १५ करोड ४ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, कोषले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको २३.१६ प्रतिशत लाभांश पारित गर्नका लागि भदौ ३० गतेका लागि २४ औं बार्षिक साधारण सभा समेत आवहन गरेको छ ।