Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

साउनसम्ममा वाणिज्य बैंकहरुको निक्षेप संकलन २८ खर्ब ५५ अर्ब

साउनसम्ममा वाणिज्य बैंकहरुको निक्षेप संकलन २८ खर्ब ५५ अर्ब

काठमाडौं, ६ भदौ । चालु आर्थिक बर्षको साउन महिनासम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन २८ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको साउनको तुलनामा ४ खर्ब रुपैयाँले बढी हो । समीक्षा अवधिसम्ममा वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह २५ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको साउनको तुलनामा ३ खर्ब ९२ अर्ब रुपैयाँले बढी हो । साउन महिनामा बैंकहरूको कर्जा प्रवाह ९ अर्बले बढ्दा निक्षेप संकलन २३ अर्ब रुपैयाँले घटेको छ ।

साउनको पहिलो सातादेखि नै निक्षेप क्रमशः घट्दै आएको छ भने कर्जा बढ्दै गएको देखिन्छ । साउन पहिलो साता कुल निक्षेप २८ खर्ब ६५ अर्ब रहेको थियो । त्यसपछि क्रमशः घटेर साउन अन्तिममा निक्षेप २८ खर्ब ५५ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै, साउन पहिलो साता २४ खर्ब ८५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह महिनाको अन्तिममा आइपुग्दा बढेर २५ खर्ब ७ अर्ब रुपैयाँ पुगेको हो ।

साउन महिनामा सरकारले कुल ४ अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ । यो चालू आवको कुल बजेटको शून्य दशमलव २७ प्रतिशत हो । संविधानअनुसार जेठमै बजेट आउने भए पनि सरकारको खर्च गर्ने प्रवृत्तिमा भने कुनै सुधार आएको देखिँदैन । जसको प्रभाव बैंकिङ तरलतामा समेत पर्ने गरेको बैंकरहरू बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x