Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एक सहकारी एक उद्योग अनिवार्य गरिदै, नसके मर्जरमा जानुपर्ने

एक सहकारी एक उद्योग अनिवार्य गरिदै, नसके मर्जरमा जानुपर्ने

काठमाडौं,६ भदौं । प्रत्येक सहकारीहरुले कम्तिमा एउटा उद्योग एव व्यवासाय अनिवार्य संचालन गर्नु पर्ने भएको छ । हरेक सहकारीलाई उत्पादनसँग जोडने सरकारको नीति अनुशार सहकारीले उद्योग व्यावसाय अनिवार्य संचालन गर्ने ब्यवस्था सरकारले अघि सार्न लागेको हो ।  यसरी उद्योग व्यवसाय सचालन गर्न नसक्ने सहकारीहरु मर्जरमा जानुपर्ने बाध्यकारी ब्यवस्था गरिने भएको छ ।  सरकारको यस तयारिका सम्वन्धमा भूमि ब्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा आर्यालले भनिन्न। “अब देखि एउटा सहकारीले अनिवार्य रुपमा एउटा उद्योग, व्यवसाय गर्नुपर्छ’, उनले भनिन्, ‘व्यवसायमा नलागेर धरै छैन। यसका लागि सहकारीको मर्जर अभियान थालेका हौँ। मर्जर अभियान अब तीव्र गतिमा अघि बढ्छ।’ सहकारी अभियानले केही नयाँपन, नयाँ अभ्यासको खोजी गरेको भन्दै उनले सरकार त्यही अभियानमा लागेको बताइन्।

मन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई बलजफ्ती मर्जरमा नलैजाने बताउदै भनिन् घोक्रेठ्याक लगाएर मर्जरमा जानैपर्छ भन्दैनौँ’  तर एउटापनि उद्योग ब्यवसाय संचालन नगर्ने सहकारी बीच मर्जर आवश्यक छ ।  मन्त्रालयले मर्जर अभियान शुरु गरि सकेको छ ।  क्षेत्र, भेग र कामको प्रकृति मिल्ने सहकारीबीच मर्जरमा जानुको विकल्प रहदैन ।  सहकारी अभियान्ताहरुले नै यसको नेतृत्व गर्नु पर्ने उनले जोड दिइन । नेपालमा १० हजार सहकारी संस्था भए पुग्ने बताउँदै मन्त्री अर्यालले त्यसो भएमा सरकारले सोचेको समृद्धिको अभियानमा साथ सहयोग पुग्ने धारणा राखिन् ।

देशभरि हाल ३३ हजार २ सय १ प्रारम्भीक सहकारी, ३ सय ३४ सहकारी संघ, २० वटा विषयगत संघ र केन्द्रिय तथा राष्ट्रिय सहकारी संघ गरी जम्मा ३४ हजार ६ सय २४ सहकारी दर्ता भएका छन्। पछिल्ला बर्ष हाल नेपालमा सहकारीमार्फत ५२ लाख शेयर सदस्यहरुको बचत २ सय ८ अर्ब रुपैयाँ, अनुदानदेखि सहयोगसम्मको सम्पुर्ण सहकारीमा लगानी रकम १ सय ८५ अर्ब रुपैयाँ, सेयर सदस्यहरुको विभिन्न किसिमको सेयर रकम ६४ अर्ब रुपैयाँ र ८८ अर्ब रुपैयाँ निपेक्ष रकम रहेको तथ्यांक छ । त्यस्तै, सहकारी संस्थामा ६० हजार भन्दा बढिले रोजगारी पाइरहेका छन् । कूल ग्रार्हस्थ उत्पादनमा सहकारीको योगदान तीन प्रतिशत पुगेको अनमान छ । सहकारीमा महिला सहभागिता ४२ प्रतिशत पुगेको छ भने व्यवस्थापनमा पनि महिला सहभागिता २२ प्रतिशत पुगेको छ । महिलाद्वारा सञ्चालित सहकारी संस्था मात्रै तीन हजार ३६७ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x