Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

२१ म्यानपावरले मात्रै बढाए धरौटी, तोकिएको समयमा धरौटी नबढाए कम्पनी खारेजी गरिने

२१ म्यानपावरले मात्रै बढाए धरौटी, तोकिएको समयमा धरौटी नबढाए कम्पनी खारेजी गरिने

काठमाडौ ८ भदौ । सरकारले आगामी भदौ १७ गतेसम्म सबै म्यानपावर कम्पनीलाई धरौटी रकम बढाउँन निर्देशन दिए पनि हासम्म २१ वटा कम्पनीले मात्रै रकम बढाएका छन् । बैदेशिक रोजगार विभागका अनुसार गत विहिबारसम्ममा २१ वटा म्यानपावर कम्पनीले नगद धरौटी र बैक ग्योरेण्टी बढाएका छन् । ५० वटा कम्पनीले भने बैक ग्यारेण्टी मात्रै बढाएका छन् । कम्पनीहरुले आगामी भदौ १७ सम्ममा धरौटी रकम बढाउँनु पर्नेछ ।

विभागका अनुसार हाल नेपालमा १ हजार १४५ म्यानपावर कम्पनी सक्रिय छन् । तर, विभागबाट सञ्चालन अनुमती लिनेको संख्या भने १ हजार ५ सय २७ छ । यसमध्ये २ सय १० कम्पनी खारेज भएका छन । ९० कम्पनीको कारोबार रोक्का गरिएको छ । त्यस्तै, ८२ कम्पनी निष्क्रिय छन ।

संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम बढ्न थालेपछि सरकारले ऐन परिवर्तन गर्दै म्यानपावर कम्पनीको धरौटी रकम बढाएको हो । सरकारले श्रेणीअनुसार बैंक ग्यारेन्टी र नगद धरौटी बुझाउनुपर्ने व्यवस्था गरेको छ । संशोधित ऐनअनुसार एक वर्षमा ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद धरौटी र १ करोड ५० लाख रुपैयाँ बैंक ग्यारेण्टी राख्नुपर्नेछ । ३ देखि ५ हजारसम्म कामदार पठाउनेले १ करोड रुपैयाँ नगद धरौटी र २ करोड बैंक ग्यारेन्टी राख्नुपर्नेछ । ५ हजारभन्दा बढी कामदार पठाउनेले २ करोड रुपैयाँ नगद धरौटी र ३ करोड रुपैयाँ बैंक ग्यारेण्टी अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि म्यानपावर कम्पनीले ७ लाख रुपैयाँ मात्र नगद धरौटी र २३ लाख रुपैयाँ बैंक धरौटी राख्नुपर्ने व्यवस्था थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x