अवैध ढंगले संचालित ६ वटा डेरी उद्योगमा शिलबन्दी
काठमाडौं,८ भदौं । सिरहामा अवैध ढंगले संचालन गरिरहेका ६ वटा डेरी उद्योगमा शिलबन्दी गरिएको छ । संयुक्त बजार अनुगमन संयन्त्रले गरेको अनुगमनमा सिरहामा संचालित ४५ वटा दुध डेरी उद्योगहरु मध्ये दर्ता नगरिएका तथा मापदण्ड नपुर्यालई संचालन गरिएका उद्योगहरु शिलबन्दी गरिएको हो । कतिपय डेरीहरुले गाइभैंसीको दुधको सट्टा धुलो दुधको प्रयोग गरेको स्थानीयहरुले बताएका छन । अनियमित ढंगले संचालन गरिरहेका डेरी उद्योगलाई कानुनी दायरामा ल्याउन तथा अखाद्य वस्तु प्रयोग गर्नेलाई कार्वाही गर्ने उद्देस्यले अनुगमनलाई तीब्र पारिएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो ।