ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने तयारी

सरकारले ७० बर्ष माथिका नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छ्ुट दिने तयारी गरेको छ । सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सोमबार बार्षिक योजना प्रस्तुत गर्दै जेष्ठ नागरिकलाई टिकटमा छुट दिने तयारी गरिएको बताएको हो । मन्त्रालयले आगामी तीन महिना भित्रमा सम्बन्धित निकायसँग छलफल गरी कार्यन्वयन गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *