Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राजस्व सचिव लगायत छ सह सचिवको सरुवा, अर्थमन्त्रालयको काम प्रभावित

राजस्व सचिव लगायत छ सह सचिवको सरुवा, अर्थमन्त्रालयको काम प्रभावित

काठमाडौ, ११ भदौ । राजस्व सचिव लगायत छ सह सचिव विहिन भएपछि अर्थमन्त्रालयको काम प्रभावित भएको छ । राजस्व सचिव लालशंकर घिमिरे सोमबार अवकाश पाएका छन् । त्यस्तै, आन्तरिक राजस्व विभागका महानिर्देशक बिष्णु नेपाल प्रदेश सातको आर्थिक तथा योजना मामिलामा सरुवा भएका छन् । यसैगरी भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल गण्डकी प्रदेशको आर्थिक योजना तथा मामिला मन्त्रालयमा सरुवा भएका छन् भने वित्तीय व्यवस्था तथा संस्थागत महाशाखाका प्रमुख तोयराम राय प्रदेश नम्बर तीन मुख्य सचिव नियुक्त भएका छन् । साथै सार्वजनिक वित्तीय व्यवस्थापन तालिम केन्द्रका प्रमुख पनि सरुवा भएका छन् । त्यस्तै, बजेट महाशाखा प्रमुख हरिशरण पुडासैनी चीनको गोन्जाउमा बाणिज्य दूत बनेर गएपछि उक्त पदमा पनि रिक्त भएको छ । त्यस्तै मुकुन्द प्रसाद पौडेले प्रदेश नम्बर तीनको वित्तीय तथा योजना मन्त्रालयमा सरुवा भएका छन् ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिष्द कार्यलय र अन्य दुई प्रदेशका सह सचिवहरुको अर्थ मन्त्रालयमा सरुवा भएको छ । प्रधानमन्त्री कार्यलयका प्रवक्ता सह सचिव विनोदबहादुर कुँवर, सह सचिवहरु मुक्तिप्रसाद पाण्डे र ढुण्डिप्रसाद निरौलाको पनि अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x