Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य अन्तिम चरणमा

गौतम बुद्ध अन्तर्राष्ट्रिय  बिमानस्थलको निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं,११ भदौं ।  रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कुल ६ अर्व ८२ करोड रुपैयाँको लागतमा निर्माण भैरहेको बिमानस्थलको हालसम्म८२ प्रतिशतकाम सम्पन्नभएको छ ।

बिमानस्थल आयोजनाका अनुसार हालसम्म ३ हजार मिटर लामो धावनमार्ग,जहाजपार्किङ्ग गर्ने एप्रोन, सव वे, ट्याक्सी वे लगाएतका संरचनाहरु निर्माण पुरा भैसकेका छन । यसैगरि मुख्य टर्मिनलभवन, टर्मिनल टावर, ट्याक्सीपार्किङ्गलगाएतका संरचनाहरु निर्माणको कामअन्तिम चरणमा पुगेको छ। हालमार्किङ्ग, लाईटिङ्गको कामपनिभैरहेको आयोजनाप्रमुख ई. प्रबेश अधिकारीले बताउनु भयो । आयोजना प्रमुख अधिकारीका अनुसार आगामी डिसेम्बर ३० सम्मबिमानस्थलका सम्पुर्ण निर्माणका काम सम्पन्न भैसक्ने र जनवरीमाअन्तराष्ट्रि«य उडान भर्ने कामको शुरुआतहुने छ ।

अन्तराष्ट्रिय उडान भर्ने कामको शुरुआतसँगै प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ र संघिय सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन.२०२० सफलबनाउन यो बिमानस्थलले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षागरिएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल संचालनपछि प्रदेश पाँचको आर्थिक बिकासमा र मुलुकको समग्र बिकासमा समेत टेवापुग्ने बिश्वास यसक्षेत्रकाजनताले गरेका छन ।

राष्ट्रिय गौरवको आयोजना समेत रहेको विमानस्थल आगामी जनवरी २०२० देखि संचालनमाआउने आयोजनाले दावी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x