वीरगन्जमा अत्याधुनिक सुविधा सम्पन्न बस पार्क संचालनमा

काठमाडौं,११ भदौं । वीरगन्जमा निर्माण गरिएको अत्याधुनिक सुविधा सम्पन्न बस पार्कको संचालनमा आएको छ । बसपार्क १९ करोड ८ लाखको  लागतमा निर्माण गरिएको हो । ५ विघा भन्दा बढी क्षेत्रफलमा निर्माण गरिएको बसपार्कमा यात्रुका सामान सुरक्षाका लागी लकर, प्रतिक्षालय,रेष्टुरेन्ट, एटिम लगायतको सुविधाहरु रहेका छन् । उपप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्रि उपेन्द्रयादवले नवनिर्मित उद्घाटन समारोहमा बोल्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै विकास र समृद्ध हासिल गर्ने योजना सहित सरकार अघि बढेको बताए ।संविधानले प्रदान गरेको मौलिक हकलाई प्रयोग गर्दै सबै पक्षको सहयोगमा विकासको बाटोमा सरकार अघि बढीरहेको जानकारी गराए। कार्यक्रममा प्रदेश नं. २ का मुख्य मन्त्रि लालबाबु राउतले  प्रदेश सरकारले आउदो तीन वर्ष भित्र प्रदेशका ४५ हजार युवालाई रोजगारी दिने गरी काम अगाडि बढाईएको उल्लेख गरे ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *