Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राजस्व सचिव सहित अर्थमन्त्रालय अन्तर्गतका महत्वपूर्ण विभागहरु प्रमुख बिहिन

राजस्व सचिव सहित अर्थमन्त्रालय अन्तर्गतका महत्वपूर्ण विभागहरु प्रमुख बिहिन

काठमाडौं, ११ काठमाडौं । अर्थमन्त्रालयको राजस्व सचिव सहित महत्वपूर्ण विभागहरु प्रमुख बिहिन भएको छ। राजस्व सचिव लालशंकर घिमिरेले सेवा अवधि सकिएपछि अवकाश लिएका छन् । उनको ठाउँमा नयाँ सचिव ल्याइएको छैन ।

अर्थमन्त्रालय अन्तर्गतको महत्वपूर्ण मानिने भन्सार विभाग र आन्तरिक राजस्व विभाग पनि प्रमुख बिहिन छ । भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाललाई केही समय अघि गण्डकी प्रदेशमा सरुवा गरिएको छ भने राजस्व विभागका महानिर्देशक विष्णु नेपाललाई प्रदेश नं ७ मा सरुवा गरिएको छ। ति दुबै विभाग अहिले प्रमुख बिहिन छ ।

त्यस्तै, बजेट महाशाखा प्रमुख हरिशरण पुडासैनीलाई पनि सरकारले चीनको ग्वान्जाओस्थित महावाणिज्य दुतमा नियुक्त गरेको छ । चार वर्षका लागि महावाणिज्य दुत नियुक्त भएको उनको ठाउँमा पनि नयाँलाई जिम्मेवारी तोकिएको छैन । त्यस्तै मन्त्रालयकै अर्का सहसचिव मुकुन्द घिमिरेले प्रदेश नं १ मा सरुवा भएका छन् भने संस्थागत समन्वय महाशाखाका प्रमुख तोमय रायले प्रदेश ३ मा सरुवा भएका छन् । सो ठाउँमा पनि नयाँ नियुक्ती हुन सकेको छैन ।

चालु आर्थिक वर्षमा सरकारले राजस्व संकलनको महत्वकाक्षी लक्ष्य लिएको छ । सोही कारण पनि अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार र आन्तरिक राजस्व विभागमा सक्षम महानिर्देशकको खोजी गरिरहेको बुझिएको छ । भन्सार र राजस्व चुहावटमा कडाइका साथ अघि बढ्ने नीति लिएका मन्त्री खतिवडाले सो स्पिडलाई पक्रन सक्ने सचिव र सहसचिवको खोजी गरिहेको मन्त्रालय स्रोतले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x