Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

नेप्से परिसूचक १२ सय तल झर्याे, कारोबार रकम झण्डै १३ करोड बढ्यो

नेप्से परिसूचक १२ सय तल झर्याे, कारोबार रकम झण्डै १३ करोड बढ्यो

काठमाडौं, ११ भदौ । साताको चौथो कारोबार दिन आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकले गिरावट आएको छ । लागातार ओरालो लागेको नेप्से हिजो ४.८७ अंकले बृद्धि भएको थियो । तर, आज १०.२६ अंकले गिरावट आई ११९७.७५ विन्दुमा झरेको छ ।

आज नेप्सेमा गिरावट आएको भएपनि कारोबार रकमा भने बृद्धि भएको छ । हिजो २४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज १ सय ६८ कम्पनीको १३ लाख २१ हजार ४ सय ८६ कित्ता सेयर ३७ कारोड २४ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

त्यस्तै सबैभन्दा बढी सेयर कारोबार रुरल माईक्रोफाईनान्स डेभलप्मेण्ट सेन्टर प्रमोटर सेयरको सबैभन्दा बढी सेयर कारोबार भएको छ । उक्त डेभलप्मेण्ट सेन्टरको १० करोड ४६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । बढी सेयर कारोबार हुने दोस्रोमा कुमारी बैंक लिमिटेड रहेको छ । उक्त बैंकको ३ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यसैगरी आज नेप्सेमा सूचिकृत सबै समूहको उपसूचकमा भने गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *