Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

राष्ट्रिय वाणिज्य बैंकका थप १४ शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकका  थप  १४ शाखा विस्तार

काठमाडौं, ११ भदौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एकै पटक १४ वटा शाखा कार्यालयको विस्तार गरेको छ । काठमाडौमा एक कार्यक्रम आयोजना गरी उक्त शाखा कार्यालयहरुको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय माध्यमबाट गरेका हुन् ।

बैंकले प्रदेश नं. १ को झापास्थित चकचकी र मोरङ्गस्थित कर्सियबजार शाखाको उद्घाटन गरे भने प्रदेश २ को रौटहटस्थित चन्द्रपुर, मकवानपुरस्थित भिमफेदी, महोत्तरीस्थित वलवाबजार र पिपरा तथा पर्सास्थित पोखरीया शाखा कार्यालयको विस्तार गरेको हो ।

त्यसैगरी प्रदेश नं. ३ को काठमाडौंस्थित टोखा र कोटेश्वर शाखा, गण्डकी प्रदेशको नवलपुरस्थित टांगीकोट, तनहुँस्थित खैरेनीटार, गुल्मीस्थित पुर्तिघाट र कपिलवस्तुस्थित चनद्रौटा शाखा तथा प्रदेश नं. ५ को दाङ्गस्थित घोराही शाखा गरी १४ वटा शाखाको विस्तार गरिएको हो ।

अर्थमन्त्री खतिवडाले शाखा कार्यालयको उद्घाटन गर्दै बैंकले अन्य निजी बैंकहरुसँग प्रतिस्पर्धा गर्न क्षमता विकास गर्नुपर्नेमा जोड दिए । त्यस्तै सहुलियत कर्जामा बैंकले विशेष जोड दिनु पर्ने उनको भनाई छ ।

यी शाखा कार्यालय विस्तारसँगै बैंकका शाखा कार्यालयको संख्या २ सय ३६ पुगेको छ भने २ सय ४ एटीएम र ग्राहको संख्या ३१ लाख पुगेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x