एनआईसी एशिया बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, ११ भदौ । एनआईसी एशिया बैंक लिमिटेडको सेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आज बसेको बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीलाई वितरण गर्ने बैंकले जनाएको छ ।

त्यस्तै हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकले २ सय ९७ शाखा कार्यालय, ३ सय ४९ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *