ओयोको ‘ओयो लाइट’ एप सार्वजनिक

काठमाडौं, ११ भादौ । ओयो होटल्स एण्ड होम्सले नेपालमा ‘ओयो लाइट’ एपको लाइट संस्करण सार्वजनिक गरेको छ । ओयोले आज विश्वव्यापी रुपमा उपलब्ध भएको एप ‘ओयो लाइट’को सार्वजनिक गरेको हो ।

नयाँ लाइट एपमा ओयो एपका सम्पूर्ण कार्यात्मकताहरु समावेश गरिएको ओयोले जनाएको छ । त्यस्तै प्रयोगकर्ताको अनुभव बढाउन कम कनेक्टिभिटी भएको क्षेत्र र कम नेटवर्कमा काम गर्ने तरिकाले डिजाइन गरिएको जनाईएको छ ।

ओयो होटल्स एण्ड होम्सका प्रमुख प्राविधिक अधिकृत अनिल गोयलका अनुसार ओयोमा प्रविधिमार्फत अतिथिहरुलाई सहज र सुविधाजनक अनुभव प्रदान गर्न मल्टिपल टच–पोइन्ट सृजना गरिएको छ । लाइट एप यस दिशातर्फको एक कदम हो, जसले एक ट्यापमै यात्रुहरुलाई नेटवर्क र गुणस्तरीय आवासको उपलब्धताको बारेमा कुनै चिन्ता बिना अन्तिम घडिमा यात्राको योजनाहरु बनाउन समर्थन गर्ने उनको भनाई छ ।

त्यसैगरी हालै सार्वजनिक गरिएको ओयो लाइट एन्ड्रोइड फोनमा विश्वभरका प्रयोगकर्ताहरुले डाउण्लोड गर्न सक्ने बताइएको छ । ओयो भारत तथा दक्षिण एशियको सबैभन्दा ठुलो होटल श्रृंखला, घर तथा आवास हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *