Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

बैंकलाई ब्रोकर लाइसेन्स देउः बैंकर्स संघ

बैंकलाई ब्रोकर लाइसेन्स देउः बैंकर्स संघ

काठमाडौ १२ भदौ । नेपाल स्टक एक्सचेञ्जले बैकलाई शेयर ब्रोकर लाईसेन्स दिन आवेदन आवहन गरे पनि प्रतिनिधि सभाको अर्थ समितिले भने तत्काल लागि लाईसेन्स दिने प्रक्रिया रोक्न निर्देशन दिएको छ । योसँगै नेपाल बैकर्स संघले बैकहरुलाई तत्काल ब्रोकर लाईसेन्स दिन सरकारसँग माग गरेका छन् ।

संघको बुधबार बसेको बैठकले ब्रोकर लाईसेन्सको माग गर्ने निर्णय गरेको हो । प्रक्रिया पुराएर नेप्सेमा आवेदन दिएका सबै बैकलाई सञ्चालन अनुमती दिन संघले माग गर्दै विज्ञप्ती जारी गरेको छ । केन्द्रिय बैकबाट ब्रोकर सञ्चालनका लागि १९ वटा बैकहरुले अनुमति पाईसकेका छन् ।
संघको बैठकले नेपाल राष्ट्र बैंकले औसत ब्याजदर अन्तर गणना गर्ने विधिलगायतका अन्य कुरामा गरिएको परिवर्तनले गर्दा बैंकिङ क्षेत्र तथा समस्त अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावको निष्कर्ष पनि निकालेको छ । संघले उक्त बुँदाका बारेमा नेपाल राष्ट्र बैंकलाई लिखित रुपमा जानकारी गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x