श्रीको टर्बोप्रोप अहमदाबाद डाईभर्ट
काठमाडौं १२ भदौ । मौसम खराब हुदाँ श्री एयरलाइन्सको नयाँ टर्बौप्रोप जहाज अहमदावाद डाइभर्ट भएको छ । बुधवार नै काठमाडौं ल्याईने भनिएको जहाज मौसम प्रतिकुल भएपछि अन्यत्र फर्काइएको हो । जहाज विहिबार काठमाडौं आइपुग्नेछ ।
नाइनएन (एउलइ अल्फा नोभेम्बर इङल्याण्ड) कलसाइनको ८० सीट क्षमताको जहाजमार्फत कम्पनीले सिमरा, पोखरा, चितवन लगायत नयाँ गन्तब्यमा उडान गर्ने योजना बनाएको छ । कम्पनीले यसपछि निकट भविष्यमा तेस्रो टर्बोप्रोप ल्याउने योजना बनाएको छ । १० दिन अगाडी कम्पनीले नाइनएन एएनएफ कलसाइनको टर्बोप्रोप ल्याइसकेको छ । बिहीबार कम्पनीको दोस्रो टर्बोप्रोप आएपछि श्रीको जहाज संख्या पाँच पुग्नेछ।
हाल कम्पनीसँग तीन वटा जहाज छन् । जसले भैरहवा, विराटनगर, धनगढी, भद्रपुर, नेपालगञ्ज लगायत गन्तब्यमा आन्तरिक उडान भर्दै आएको छ ।