Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक १४ वटा शाखाको उद्धघाटन गरयो

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक १४ वटा शाखाको उद्धघाटन गरयो

काठमाडौ १२ भदौ । राष्ट्रिय वाणिज्य बैंकले डिजिटल प्रविधिबाट मुलुकका विभिन्न स्थानमा रहेका १४ वटा शाखाको उद्धघाटन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बैकको ५ प्रदेशका १२ जिल्लामा रहेका १४ वटा नयाँ शाखा कार्यालयहरूको संयुक्त रुपमा उद्धघाटन गरे । नयाँ कार्यलयसँगै बैंकको शाखा २ सय ३६ पुगेको छ ।

बैकले झापा जिल्लाको वाह्रदशी गाउँपालिका–४ स्थित शाखा कार्यालय चकचकी, मोरङको धनपालथान गाउँपालिका–४ स्थित शाखा कार्यालय कर्सिया, काठमाडौंको काठमाडौं महानगरपालिका ३२ स्थित शाखा कार्यालय कोटेश्वर, कठमाडौं जिल्लाको टोखा नपा–७ स्थित शाखा कार्यालय टोखा, तनहुँको शुक्लगण्डकी नपा–६ स्थित शाखा कार्यालय खैरेनीटार, गुल्मीको कालीगण्डकी गाउँपालिका–४ स्थित शाखा कार्यालय पूर्तिघाटको उद्धघाटन गरेको हो ।
यसैगरी, नवलपुरको देवचुली नपा–१६ स्थित शाखा कार्यालय टांगीकोट, कपिलबस्तुको शिवराज नपा–८ स्थित शाखा कार्यालय चन्द्रौटा, दाङको घोराही उपमहानगरपालिका–१५ स्थित शाखा कार्यालय घोराही, पर्साको पोखरीया नपा–४ स्थित शाखा कार्यालय पोखरीयाबजार, मकवानपुरको भिमफेदी गाउँपालिका–६ स्थित शाखा कार्यालय भिमफेदी, महोत्तरी जिल्लाको बलवा नपा–६ स्थित शाखा कार्यालय बलवाबजार, रौतहटको चन्द्रपुर नपा–४ स्थित शाखा कार्यालय चन्द्रपुर, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–४ स्थित शाखा कार्यालय पिपराको पनि उद्धघाटन गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैयाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपैयाँ र बेस रेट ५.५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, १७८ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x