Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्राहकसँग चर्को ब्याज नअसुल्न अर्थमन्त्रीको आग्रह

ग्राहकसँग चर्को ब्याज नअसुल्न अर्थमन्त्रीको आग्रह

काठमाडौ १२ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूले ग्राहकलाई सुरुमा सस्तोमा कर्जा दिन्छु भनेर फकाए पनि पछि बढाएर चर्को ब्याज असुल्ने गरेको बताएका छन् । बुधबार राष्ट्रिय बाणिज्य बैकको १४ वटा शाखाको उद्धघाटन गर्दै मन्त्री खतिवडाले बैकले ग्राहकलाई लोभ्याउन ९ प्रतिशत ब्याजमा ऋण दिन्छु भनेर १३ प्रतिशत पुराउँने गरेको आरोप लगाएका हुन् ।

उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खतिवडाले कम ब्याजदरमा ऋण दिने प्रलोभनमा बढी ब्याज लिन नहुने बताएका हुन् । ‘सुरुमा एकल अंकमा ऋण दिन्छु भन्ने पछि बढाएर डबल डिजिट पुराउँनु भएन,’ उनले भने । बैंकले सुरुमा गाडी खरिदको लागि सस्तो ब्याजदरको योजना ल्याउने बिस्तारै बढाउने काम गरेको उनले बताए । बैंकहरूले अल्पकालिन अवधीको लागि ऋणको ब्याजदर सस्तो गर्ने र पछि बढाउने काम गर्न नहुने बताए ।

साथै राष्ट्रिय वाणिज्य बैंकले पहिलो तुलनामा राष्ट्रिय बाणिज्य बैकले प्रगति गरेको समेत उनले बताए । त्यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी नीति कार्यक्रमलाई सफल बनाउन राष्ट्रिय वाणिज्य बैंक खरो रुपमा उत्रेको बताए । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले समिति स्रोत साधनको अभावमा पनि राष्ट्रिय वाणिज्य बैंकले उत्कृष्ठ सेवा सहित सर्वोत्कृष्ठ मुनाफा गरेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x