मुलुकको चालु खाता २ खर्ब ६५ अर्वले घाटामा, असिमित आयातले घाटा उच्च

काठमाडौं, १६ भदौ । गत आर्थिक वर्ष २०७५÷७६ मा मुलुकको चालु खाता २ खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ४७ अर्ब ५७ करोड रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३७ करोडले चालु खाता घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले घाटामा रहेको छ ।

त्यस्तै गत वर्ष मुलुकको शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ९६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ११ लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा ५९ करोड १० लाखले घाटामा रहेको छ । मुलुक भित्रिने र बाहिरिनेबीचको रकम अन्तरलाई शोधनान्तर स्थितीले जनाउछ ।

बस्तु आयात १४ खर्बको

गत आर्थिक वर्षमा मुलुकमा १४ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँको बस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत वर्ष कुल वस्तु आयात १३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आयात २५.८ प्रतिशतले बढेको थियो ।

भारतबाट १२.८ प्रतिशत, चीनबाट २८.५ प्रतिशत र अन्य मुलुकबाट ८.९ प्रतिशतले आयात बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, विद्युतीय सामान,अन्य मेसिनरी,पार्टपुर्जा, प्लाष्टिक दाना लगायतका वस्तुहरुको आयात घटेको छ ।

सो अवधिमा मुलुकबाट कुल बस्तु निर्यात भने १९.४ प्रतिशतले बढेर ९७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *