पञ्चकन्या समूह स्थापनाको ४८ औं वर्षमा प्रवेश

काठमाडौं, १६ भदौ । पञ्चकन्या समूहले ४७ औं वर्ष पुरा गरेको छ । समूहले आइतबार काठमाडौंमा ४७ औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा समूहका प्रवन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले कम्पनी यहाँ सम्म आउनुमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै साथ र सहयोगका लागि आभार प्रकट गरे । कम्पनी बजारमा प्रतिस्पर्धा गर्न फरक तरिकाले अगाडि बढेकोले भन्दै उनले कर्मचारीहरुसँग अझ प्रभावकारी साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा समूहका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । प्लाष्टिक पाइप, ग्याँस सिलिण्डर, रेडिमेड कंक्रिटदेखि पानी ट्याङ्की र स्टील लगायतका क्षेत्रमा समूहको लगान्ी रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *