सिटिजन म्युचियल फण्ड १ आँउदै
काठमाडौं, १८ पौष । सिबिआईएल क्यापिटलले सिटिजन म्युचियल फण्ड १ नामक म्युचियल फण्ड निष्कासनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सिबिआईएललाई म्युचियल फण्ड निष्कासनको लागि पौष १७ गते अनुमति दिएको हो ।
क्यापिटलले १० रुपैयाँ अंकित मुल्य भएको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचियल फण्ड निष्कासन गर्नै भएको छ । यस सिविआईएल क्यापिटल सिटिजन्स बैंक इन्टरनेशलनको सहायक कम्पनीे हो ।