Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

आँखु खोला आयोजनाको लागि वित्तिय स्रोत जुट्यो

आँखु खोला आयोजनाको लागि वित्तिय स्रोत जुट्यो

काठमाडौं, पुस १९ । आँखु खोला जलविद्युत् आयोजनाका लागि वित्तिय विवरण जुटेको छ । सनराइज बैंकको नेतृत्वमा जलविद्युत् लगानी तथा विकास कम्पनी, लक्ष्मी बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु बैंकले कूल चार अर्ब ७० करोड रुपैयाँ ऋणको प्रतिवद्धता गरेका छन् । आयोजनाको कूल लागत ६ अर्ब ३० करोड रुपैयाँ रहेको छ । उक्त आयोजना हाइड्रो सोलुसन्स प्रा.लि.ले निर्माण गर्न लागेको हो । उक्त ऋण सम्झौतामा हाइड्रो सोलुसन प्रा.लि.का अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
वित्तिय विवरण जुटेसँगै अब आयोजना निर्माणका लागि बाटो खुलेको छ । विकासकर्ताले निर्माण ठेक्का लगाएर आयोजना अघि बढाउने तयारी गरिरहेको जानकारी दिए । धादिङ जिल्लामा रहेको नदीको बहाबमा आधारित ४२.९ मेगावाटको यो आयोजना निर्माण शुरु भएको चार वर्षमा सम्पन्न हुने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको त्रिशुली ३ बी आयोजनाको लागि निर्माण गरिएको सबस्टेशनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजना विकासकर्ता हाइड्रो सोलुसन्सले यसअघि मोदी, चर्नावती, खुदी जस्ता आयोजना निर्माण गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x