Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

सबै बैकलाई बोलाएर साईबर सुरक्षाका बिषयमा छलफल गर्दै राष्ट्र बैंक

सबै बैकलाई बोलाएर साईबर सुरक्षाका बिषयमा छलफल गर्दै राष्ट्र बैंक

काठमाडौ २३ भदौ । चिनिया ह्याकहरुले नेपालको बैकका एटिएमबाट रकम निकाले पछि नेपाल राष्ट्र बैक गम्भिर भएको छ । यसै बिषयमा छलफल गर्न केन्द्रिय बैकले सोमबार सबै बाणिज्य बैकहरुलाई डोकेको छ ।

प्रविधिको प्रयोगले बैकिगं सेवा प्रयोग जति सहज भएको उत्तिकै जोखिम पनि बढ्दै गएको छ । त्यसैले प्रविधिको प्रयोगका साथै जोखिम प्रति सहज हुनुपर्ने राष्ट्र बैकको ठहर छ ।
गतभ दौ १४ गते शनिबार चिनिया ह्याकहरुले नेपालको बैकको एटिएमबाट नेपाल तथा भारतबाट रकम निकालेका थिए । बैकका कर्मचारीको चलाखीले प्रहरीले ह्याकरलाई पक्राउ गर्न सफल भएको छ । नेपालका एटिएमबाट निकालिएको रकम बैकलाई फिर्ता गरिएको छ । केन्द्रिय बैकले यस बिषयमा अध्ययन गर्न सिंगापुरबाट अध्ययन टोली समेत बोलाएको थियो । टोलीले आईतबार नै अध्ययन प्रतिवेदन बुझाएर फर्केका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x