Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मनकामना र स्मार्ट लघुवित्त एक आपसमा गाभिने

काठमाडौं २३ भदौ । रुपन्देही स्थित मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्ग स्थित स्मार्ट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । मनकामनाका अध्यक्ष अजय गोयन्का र स्मार्टका अध्यक्ष शान्ति चौधरी बिच एक आपसमा गाभिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मनकामना वित्तीय संस्थको पूँजी ४ करोड ५५ लाख रुपैयाँ रहेको छ । संस्थाको क्षेत्र १० जिल्ला हो । कल इन एड्भान्समा रहेको २ करोड २७ लाख ५० हजारलाई पूँजीकृत गरी ६ करोड ८२ लाख ५० हजार छ । स्मार्ट लघुवित्तको १ करोड ४० लाख गरी गाभिए पछिको चुक्ता पूँजी ८ करोड २२ लाख ५० हजार पुग्नेछ । सर्वसाधारणमा साधारण शेयर जारी गरेपछि संस्थाको कुल पूँजी करिव १२ करोड ५ लाख पुग्नेछ। हाल मनकामनाका १६ वटा तथा स्मार्टका ७ वटा शाखा कार्यालय रहेका छन्।

मर्जरका लागि स्वाप रेसियो एक बराबर एक हुने तथा सम्पत्ति तथा दायित्वको मूल्यांकनपछि १० प्रतिशतभन्दा बढीको फरक पर्न आए आपसी सहमतिमा स्वाप रेसियो निर्धारण गर्ने सहमतिमा उल्लेख छ । १८ महिनाअघि संचालनमा आएको मनकामनाको करिव ४७ करोड कर्जा, ११ करोड बचत र ८ हजार सदस्य रहेका छन् । गैर सरकारी संस्थाबाट लघुवित्तमा रुपान्तरण भई ८ महिनादेखि संचालनमा आएको स्मार्टको १४ करोड कर्जा ७ करोड बचत र ७ हजार सदस्य रहेका छन् । मनकामनाले गत आर्थिक वर्षमा करिव ५६ लाख खुद मुनाफा गरेको छ भने स्मार्टको करिव ५ लाख घाटा रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x