Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

रिलायन्स लाईफको बिमाशुल्क अब इसेवाबाट भुक्तानी गर्न सकिने

रिलायन्स लाईफको बिमाशुल्क अब इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौ, २३ भदौ । रिलायन्स लाइफ इन्स्योरेन्सको बिमाशुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । प्रविधिको प्रयोगलाई आत्मसात गर्दै कम्पनीले इसेवा भुक्तानी सेवा सुरु गरेको हो ।
अनलाइनमार्फत सेवाको समझदारीपत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब देखि बिमितहरुले बिमाशुल्क भुक्तानी गर्दा इसेवा प्रयोग गर्न सक्ने भएका छन् । इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बिमा शुल्क भुक्तानी गर्न सकिनेछ ।

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो। देशभर ५५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ८० लाख भन्दा बढिले सेवा लिइरहेका छन्। इसेवामा खाता खोल्नेको संख्या २० लाख नाघिसकेको छ। इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x