Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सामाजिक सुरक्षा कोषमा ५० हजार भन्दा बढी श्रमिक आबद्ध भए

सामाजिक सुरक्षा कोषमा ५० हजार भन्दा बढी श्रमिक आबद्ध भए

काठमाडौ २६ भदौ । सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कोषमा ५० हजार भन्दा बढी श्रमिक आबद्ध भएका छन । गत बुधबारसम्ममा कोषमा ४ हजार ७ सय ९० कम्पनीका ५० हजार १ सय ४० जना श्रमिक दर्ता भएको कोषको तथ्यांकमा उल्लेख छ ।

सरकारले असोज महिना भित्रमा सबै श्रमिक र रोजगारदातालाई कोषमा आबद्ध हुन अन्तिम मिति तोकेको छ । तोकिएको मिति नजिकिदै गर्दा कोषमा आबद्ध हुनेको क्रम पनि बढ्दै गएको कोषले बताएको छ ।

श्रमिक रोजगारदातालाई कोषमा आबद्ध गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट आफै सक्रिय देखिएका छन् । उनले विभिन्न श्रमिक संगठन, आउट सोर्सिगं कम्पनी तथा व्यवसायी बिच छलफल चलाएका छन् ।

मन्त्रालय अहिले ठूला संस्थामा प्रवेश गरेर श्रमिकहरुको तथ्यांक संकलन गर्न थालेको छन् । प्रदेशका प्रतिष्ठानहरुमा मन्त्रालये कर्मचारी पठाएर नै तथ्यांक संकलन गर्ने भएको छ । तोकिएको समयमा कोषमा आबद्ध नहुने प्रतिष्ठालाई मन्त्रालयले खारेज गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x