प्रभु बैंक र युकेएड सक्षमले वित्तीय पहुँच अभिबृद्धि परियोजना संचालन गर्ने

काठमाडौं, २६ भदौ । प्रभु बैंक लिमिटेडले युकेएड सक्षमसँग वित्तीय पहुँच अभिबृद्धि परियोजना संचालन गर्न सम्झौता गरेको छ । उक्त परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत संचालन गर्न लागिएको हो । हिजो काठमाडौंमा एक कार्यक्रम आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमका टिम लिडर निर्मल दाहालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

परियोजनाको मुख्य उद्देश्य दक्षिण कोरिया र भारतमा रहेका आप्रवासी नेपालीहरु र भारतमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरुलाई विप्रेषणको सदुपयोग गरी सम्पत्तिको बृद्धि र संरक्षण गर्नको लागि वित्तीय पहुँच पु¥याउनु रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शेरचनले यो सम्झौताले आप्रवासमा रहेका व्यक्ति र तिनका परिवारको वित्तीय आवश्यकता पुरा गर्न उद्देश्यमुलक बचतका लागि सहयोग पुग्ने बताए । हाल बैंकले १ सय ९४ वटा शाखा कार्यालय, २९ वटा विस्तारित काउन्टर र १ सय ५२ वटा एटीएममार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *