Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्र बैंकका गभर्नरका लागि ६५ वर्षे उमेरहद

राष्ट्र बैंकका गभर्नरका लागि ६५ वर्षे उमेरहद

काठमाडौं, २६ भदौं । नेपाल राष्ट्र बैंकको गभर्नरको उमेरहद तोक्न लागिएको छ । अर्थमन्त्रालयले संघीय संसदको प्रतिनिधिसभामा दर्ता गराएको नेपाल राष्ट्र बैंक ऐन, २०५८ को संशोधन विधयेकमा राष्ट्र बैंकको गभर्नर , डेपुटी गभर्नर वा सञ्चालक हुनका लागि ३५ वर्ष नाघेको र ६५ वर्ष पार नगरेको हुनुपर्नेछ ।

अहिले जुनसकुै उमेरका व्यक्ति पनि तोकिएको योग्यता पुगेमा गभर्नर वा सञ्चालक हुन सक्ने व्यवस्था छ । विधेयक माथि संसदमा छलफल पश्चात पारित गरिने छ ।

त्यस्तै, हिजो दर्ता भएको विधेयकमा बैंक तथा वित्तीय संस्थाबाट तोकिएको प्रतिशतभन्दा बढी ऋण लिएको व्यक्ति सञ्चालक बन्न पाउने छैनन । उक्त सिमा राष्ट्र बैंकले नियमावली वा परिपत्रमा तोक्ने व्यवस्था छ ।

यो विधेयक जस्ताको त्यस्तै पारित भए अव बैंक तथा वित्तीय संस्थाको संचालक समितिले मात्र निर्णय गरेर प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न पाउने छैन । नियुक्ति गर्दा राष्ट्र बैंकको परामर्श लिनुपर्ने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x