सेञ्चुरी बैंकद्वारा ललितपुरको दृष्टिविहिन सहयोग केन्द्रलाई कम्प्युटर प्रदान

काठमाडौं, २६ भदौ । सेञ्चुरी कमर्सियल बैंकले ललितपुरको दृष्टिविहिन सहयोग केन्द्र नेपाललाई २ थान कम्प्युटर सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको अध्ययनमा सहजताका लागि कम्प्युटर सहयोग गरेको जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले दृष्टिविहिन सहयोग केन्द्र नेपालका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीलाई कम्प्युटर हस्तान्तरण गरे । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *