Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एक महिनामा झण्डै तीन लाखले लिए प्यान नम्बर

एक महिनामा झण्डै तीन लाखले लिए प्यान नम्बर

काठमाडौं,२८ भदौ । सरकारले निजी र सरकारी कर्मचारीलाई समेत तलब लिनका लागि प्यान नम्बर अनिवार्य गरेसँगै तीन लाख बढीले प्यान लिएका छन् । आन्तरिक राजस्व विभागका अनुसार साउनमा मात्रै प्यान लिनको संख्या दुई लाख ९० हजार ९१४ पुगेको छ। व्यवसायी स्थायी लेखा नम्बर लिने ३६ हजार १३८, व्यक्तिगत दुई लाख ५४ हजार र करकट्टि गर्ने निकायले लिएको ३६७ जनाले प्यान लिएका छन्।  साथै हालसम्म २४ लाख ६३ हजार १४१ जनाले प्यान नम्बर लिएका छन्। यस्तै ११ हजार ३२२ जना भ्याटमा र ५ हजार ६८६ जना साउन महिनामा अन्तशुलमा दर्ता भएका छन्। हालसम्म भ्याटमा दर्ता हुनेको संख्या दुई लाख २५ हजार ९२ पुगेको छ भने अन्तशुल्कमा दर्ता हुने ८३ हजार एक सय पुगेको छ। 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x