प्रचण्डकाे स्पष्टिकरण – अमेरिकालाई उत्तेजित गराउन र अन्तराष्ट्रिय सम्वन्ध विगार्न बोलेको होइन !
काठमाडौं,२८ भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अन्तराष्ट्रिय मामिलामा दिने गरेका अभिव्यक्तिहरु पछिल्ला दिनहरुमा विवादित बन्दै आएका छन् । केही महिना अघि मात्र सरकारले आफ्नो धारणा नबनाउदै भेनेजुवाला प्रकरणमा उनले जारी गरेको प्रेस नोटका कारण पनि उनि उतिकै विवादमा तानिए । प्रचण्डले जारी गरेको स्टेटमेन्टलाई लिएर अमेरिकी सरकारले भेनेनजुवाला सम्वन्धमा नेपाल सरकारको आधिकारीक धारणा नै माग्याे । यस्तै पछिल्लो समय चीनियाँ बिदेश मन्त्री वाङ यीको भ्रमणमा इण्डो प्यासेफिकका सम्वन्धमा प्रचण्डले राखेको बिचार यतिवेला चर्चामा आएको छ जसले गर्दा प्रचण्ड पुन विवादमा तानिएका छन् ।
इण्डो प्यासेफिक राणनीति सम्वन्धमा प्रचण्डले दिएको अभिव्यक्तीले राष्ट्र अन्तराष्ट्रिय कुटनीतिक क्षेत्र नै तरंगित भएपछि उनले अन्तराष्ट्रिय सम्वन्धको विषयमा आफुले राखेको बिचार संचार माध्यममा बास्तविकाता भन्दा भिन्न भएर आएको भन्दै त्यसको खण्डन गरेका छन् । इलाममा भएको एक कार्यक्रममा आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताए । “म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु”, उनले थपे, “कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।”
इन्डो प्यासिफिक बारे आफ्नो अभिव्यक्तीको बचाउ गर्दै अध्यक्ष प्रचण्डले इण्डे प्यासेफिको सैन्य गठवन्धमा मात्र सहभागि नहुने कुरा राखेको बताएका छन् । तर इण्डो प्यासेफिक गठवन्धमा नै नेपाल आवद्ध नरहे भनेर आएको छ त्यो नभइ त्यसको सैन्य गठवन्धमा मात्र सहभागि नहुने बिचार राखेको प्रष्ठाए । नेपाल विश्वका कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने नेपालको कुटनीतिक नीति एव सिद्धान्त नै रहेको र आफुले सोही कुरा राखेको भन्दै अभिव्याक्तीको बचाउ प्रचण्डले गरेका छन् । ‘हामी असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिमा प्रतिवद्ध छौँ। यही नीति हाम्रो मान्यता र सिद्धान्त हो’, दाहालले भने, ‘हाम्रो विदेश नीति अनुसार हामी कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा सहभागी हुँदैनौं। हामी असंल्गन रहन्छौँ।’ अध्यक्ष प्रचण्डले बिम्स्टेक वा इन्डो प्यासिफिक कुनै पनि सैन्य समूह, गठबन्धन या अभ्यासमा आफूहरु संलग्न नहुने बताए । ‘बिम्स्टेकको सैन्य अभ्यास होस् या इन्डो प्यासिफिकको कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैनौँ’, उनले भने, ‘त्यस खालका सैन्य अभ्यास र रणनीतिक उद्धेश्यमा हामी तटस्थ रहन्छौँ।
इन्डो प्यासिफिक सैन्य गठबन्धनबारे मात्र चिनियाँ विदेशमन्त्रीसँग आफूले बोलेको भन्दै चीनबाट आएको समाचार त्यहाँको सरकारको आधिकारिक धाराण समेत नभएको उनले प्रष्ट पारे। चीनसँग नेपालको एक चीन नीति यथावत रहेको बताउदै दाहालले भने । ‘हामी एक चीन नीतिमा प्रतिवद्ध छौँ। त्यो हाम्रो घोषित र प्रष्ट नीति हो’, ‘इन्डो प्यासिफिक सैन्य रणनीतिमा हाम्रो संलग्नता हुँदैन। चीनविरोधी कुनै पनि गतिविधि हाम्रा लागि सह्य हुँदैन। यही बिषयनै चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदा राखेको उनले जानकारी गराए । प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि सोही कुरा नै विदेशमन्त्रीसँग भनेको प्रचण्डको दावी छ ।
चिनियाँ विदेशमन्त्रीको भेटमा अमेरिकाको नेतृत्वमा सञ्चालित इन्डो प्यासिफिक विरूद्ध अभिव्यक्तिका कारण प्रचण्ड पुन विवादमा तानिएका छन् जसमा प्रतिपक्षी नेपाली कांग्रेसल समेत सरकारले अधिकारिक धारण सार्वजनिक गर्नुपर्ने माग राखेकाे छ । चीनियाँ वाङ यीसँगको भेटमा प्रचण्डले इण्डे प्यासेफिक गठवन्धमा नेपालको साथ सहयोग र समर्थन नरहने प्रतिवद्धता जनाएको भन्दै समाचारहरु बाहिर आएका थिए । यस अघि पनि भेनेजुयला प्रकरणमा दाहाले जारी गरेको स्टेटमन्ट पनि विवादमा परेको थियो । कतिपय बैदेशिक मामिला जानकारहरुले भने दाहालले अन्तराष्ट्रिय सम्वन्धलाइ सन्तुलनको हेक्का नराखी दिने गरेका अभिव्याक्तिले कुटनीतिक अपरिपक्कता प्रस्तुत गरेको विश्लेषण गर्छन ।