मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन,असोज १० बाट नियमित उडान
काठमाडौं,२८ भदौ । बन्द भएको ६ बर्ष पछि मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । विसं २०७० देखि बन्द भएको सो विमानस्थलमा गण्डकी प्रदेश सरकारको पहलमा विमान स्थल संचालनमा आएको हो । असोज महीनाको १० गते अन्तरराष्ट्रिय पर्यटन दिवसबाट विमानस्थल नियमित उडान गरिने छ । प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रतिनिधिसभाका सांसद पोल्देन गुरुङलगायत समिट एयरको विमानबाट हुम्डे विमानस्थलमा अवतरण गरेका छन् । विमान स्थल पुन संचालनको अवसरमा अवसरमा मुख्यमन्त्री गुरुङले विमानस्थल नियमितरुपमा सञ्चालन गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।