Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजार २० अंकले घट्यो, ४४ करोडको कारोबार

सेयर बजार २० अंकले घट्यो, ४४ करोडको कारोबार

काठमाडौं, १९ पुस । बुद्यबार सेयर पुन ओरालो लागेको छ । गएको दुई दिन क्रमश बढेर १४३७.१४ बिन्दुमा अडेको बजार पुन आज २०.६४ अंकले घटेर १४१६.६१ बिन्दुमा झरेको छ ।

आज कारोबारमा आएका सबै समूहको परिसूचक ओरालो लागेपछि समग्रमा बजार घटेको हो । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३४.८२ अंकले घटेको छ । त्यस्तै बैंकिङ समूह १६.२८, होटल २९.३३, माइक्रोफाइनान्स २६.७८, हाइड्रोपावर २६.०१ अंकले घटेको छ ।

त्यस्तै आज करोबार रकममा पनि गिरावट आएको छ । हिजो ६२ करोड रुपैयाँ बराबरको सेयर करोबार भएकोमा आज एक सय ५५ कम्पनीको ४४ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । नेपाल दुरसंचार कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने महिला सहायता माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x