Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

सेयर बजारमा पहिरो जाने क्रम रोकिए, आज १७ अंकको गिरावट

सेयर बजारमा पहिरो जाने क्रम रोकिए, आज १७ अंकको गिरावट

काठमाडौं, २९ भदौ । साताको पहिलो दिन आज पनि सेयर बजारमा पहिरो जाने क्रम रोकिएन । गएको साताको पाँचै कारोबार दिन गिरावट आएको बजारमा आज १७.८७ अंकले घटेर परिसूचक ११४०.०१ विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचिकृत सबै समूहको उपसूचकमा गिरावट आएको छ । १ सय ६२ कम्पनीको १० लाख ९० हजार २ सय १८ कित्ता सेयर २८ करोड ८० लाख रुपैयाँमा खरिद विक्री भएको छ । त्यस्तै आज सबैभन्दा बढी सेयर कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । उक्त इन्स्योरेन्स कम्पनीको १ करोड ९० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबैभन्दा बढी कमाउनेमा रिलायन्स फाईनान्स लिमिटेडका सेयरधनीहरु रहेका छन् भने सबैभन्दा बढी गुमाउनेमा गणपति माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *