Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

राष्ट्रिय वाणिज्य बैंकको २३८ औं शाखा डोल्पामा

राष्ट्रिय वाणिज्य बैंकको २३८ औं शाखा डोल्पामा

काठमाडौं, २९ भदौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले डोल्पाको डोल्पोबुद्ध गाउँपालिका वडा नं.१ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यलयको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र संघीय सांसद जर्नादन शर्मा प्रभाकरले संयूक्त रुपमा गरेका हुन् । यो बैंकको २३८ औं शाखा कार्यालयको हो ।

उक्त अवसरमा रक्षामन्त्री पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरि बित्तीय पहुंच पुर्याएको भन्दै यसले उक्त क्षेत्रका जनतालाई बैंकिङ्ग पहुँचमा सहजता भएको बताए ।

त्यस्तै डोल्पा जिल्लाको छार्काताङ्गसोङ्ग गाउंपालिका वडा न. ४ स्थित २३७ औं शाखा कार्यालय छार्काताङ्गसोङ्गको पनि आजैबाट कारोबार प्रारम्भ भएको बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेको जनाइएको छ । हाल बैकले यी शाखा कार्यालयसहित देशका विभिन्न स्थानमा रहेका २ सय ३८ वटा शाखा कार्यालय, २ यस ४ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x