दुई लाख बढीको कारोबारमा चेक काट्नु नपर्ने, आज देखि आरटीजीएस प्रणालीको सुरुवात
काठमाडौं, २९ भदौ । दुई लाख रुपैयाँ भन्दा बढीको भुक्तानीमा अव चेक काट्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीको आज देखि औपचारिक सुरुवात गरेसँगै यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो ।
युके एड बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली सुरुवात गरिएको हो । यो व्यवस्था अनुसार आफ्नो खाता भएको बैंकमा गएर कसलाई भुक्तानी दिनुपर्ने हो त्यसको सूचना दिएपछि बैंकका कर्मचारीले चेक नकाटी भुक्तानी दिनेछन् । त्यसअघि सामान्य एउटा फर्म भरे मात्रै हुने राष्ट्र बैंकले जनाएको छ।
यस्तै खाता भए, नभएको, खातामा पैसा भए, नभएको तथा खातावाल व्यक्तिको आवश्यक विवरण रुजुपछि बैंकले तत्काल नै अर्को व्यक्तिको खातामा पैसा पठाइदिनेछ ।