Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

सेयर लगानीकर्ताहरुले ७ खर्ब गुमाए

सेयर लगानीकर्ताहरुले ७ खर्ब गुमाए

काठमाडौं, ३१ भदौ । पछिल्लो समय सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । सेयर बजार ओरालो लाग्ने क्रम नरोकिदा लगानीकर्ताहरुले ७ खर्ब रुपैयाँभन्दा बढीको नोक्सानी व्यहोरेको बताएका छन् । आज चार वटा सेयर लगनीकर्ताहरुको संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरोकारवाला निकायले सुधारका लागि पहल नगर्दा लगानीकर्ताले घाटा व्यहोर्नु परेको भन्दै ध्यानाकर्षण गराएका हुन ।

अर्थमन्त्री डा.युवराज खतिवडाको पुँजी बजारप्रतिको अभिव्यक्तिले समग्र पुँजी बजार ४० प्रतिशत खुम्चिएर सेयर लगानीकर्ताहरुको अर्वौको सम्पत्ति विक्री हुने वा लिलामीमा जानसक्ने अवस्था भएको उनीहरुले बताएका छन् । उनीहरुले तत्काल पुँजी बजारको सुधार र लगानीकर्ताहरुको मनोवल बृद्धिका लागि सकारात्मक पहल थाल्न पनि आग्रह गरेका छन् ।

अहिले बैंक तथा वित्तीय संस्थाहरु मजबुत भई राम्रो प्रतिफल प्रदान गरिरहेको भन्दै लगानीकर्तालाई हतोत्साहि नहुन अनुरोध गर्दै हल्लाको पछाडी लागेर कौडिको मूल्यमा सेयर विक्री नगरी सम्पत्तिको संरक्षण गरी आवश्यक परेमा आन्दोलनमा उत्रन पनि लगानीकर्ताहरुले संयुक्तरुपमा आह्वान गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x