Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अर्थमन्त्रीको फेरिएको अभिव्यक्तिको प्रभाव, सेयर बजारमा चमक

अर्थमन्त्रीको फेरिएको अभिव्यक्तिको प्रभाव, सेयर बजारमा चमक

काठमाडौं, ३१ भदौ । निरन्तर ओरालो लागिरहेको सेयर बजारमा मंगलबार (आज) सुधार देखिको छ । आज नेप्से र कारोबार रकम दुबैमा सुधार आएको छ । नेप्से २६.९१ अंकले वृद्धि भई परिसूचक ११५०.७४ विन्दुमा पुगेको छ ।

आज १ सय ७१ कम्पनीको १३ लाख ७७ हजार ९ सय ४६ कित्ता सेयर ३८ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार सिद्धार्थ बैंक लिमिटेडको भएको छ । बैंकको ३ करोड ४९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सिद्धार्थ बैंकले हिजै मात्र २५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै, सबैभन्दा बढी कमाउनेमा शिवम् सिमेन्ट लिमिटेडका सेयरधनीहरु रहेका छन् । शिवम्को प्रतिसेयर मूल्य ९.९० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सबैभन्दा बढी गुमाउनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीहरु रहेका छन् । इन्स्योरेन्सको प्रतिसेयर मूल्य ५.५९ प्रतिशतले गिरावट आएको छ । त्यसैगरी नेप्सेमा सूचिकृत १२ समूहमध्ये एक समूहको उपसूचकमा गिरावट आएको छ भने अन्य ११ समूहको उपसूचक वृद्धि भएको छ । उपसूचक गिरावट आउनेमा म्युचियल फण्ड समूह ०.०४ प्रतिशत रहेको छ ।

आजै अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारमा लगानी गर्ने यो उपयुक्त समय भएको बताएका थिए । मुलुकको अर्थतन्त्र सकारात्मक रहेको र लगानीको वातावरण बन्दै गएको जनाउदै यो बेला लगानीकर्ताले आत्तिनु नपर्ने उनको तर्क थियो । यसअघि अर्थमन्त्रीको पुँजीबजार प्रतिको नकारात्मक अभिव्यक्तिले लगानीकर्ताहरुको मनोबल गिर्न गएको भन्दै लगानीकर्ताहरुले आपत्ति जनाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x