Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सञ्चय कोषले इस्वाखोला आयोजना र होङसीलाई ३ अर्ब लगानी गर्दै

सञ्चय कोषले इस्वाखोला आयोजना र होङसीलाई ३ अर्ब लगानी गर्दै

काठमाडौं १ असोज । कर्मचारी सञ्चय कोषले ९७.२ मेगावाटको इस्वाखोला जलविद्युत आयोजना निर्माण र होङसी शिवम सिमेन्टको क्षमता विस्तार गर्न ३ अर्ब रुपैयाँ लगानी सम्झौता गरेको छ । इस्वाखोला जलविद्युत आयोजनामा सानिमा बैङ्कको नेतृत्वमा कोषले १ अर्ब रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ भने होङ्सी शिवमलाई २ अर्ब रुपैयाँ ऋण दिने सम्झौता गरेको छ ।

होङसीलाई १ अर्ब १८ करोड रुपैयाँ ऋण दिइसकको कोषले बताएको छ । ८२ करोड रुपैयाँ दिन बाँकी छ । इस्वाखोला आयोजनाको लागत १० अर्ब रुपैयाँ छ । आयोजना आगामी २०८० मा सम्पन्न हुनेछ । आयोजना संखुवासभा जिल्लामा रहेको छ । विद्युत प्राधिकरणसंग भएको पीपीएअनुसार ४ वर्ष्भित्र आयोजना सम्पन्न गर्नुपर्ने छ ।

यस्तै नेपाल बैङ्कको अगुवाइमा दोलखामा रहेको १२० मेगावाटको लाप्चीखोला जलविद्युत आयोजनामा पनि लगानीको तयारी भइरहेको कोषले बताएको ।
कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको तल्लो र माथिल्लो सान्जेन, १०२ मेगावाटको मध्य भोटेकोसीमा ऋण लगानी गरेको छ । नयाँ विमान खरिद गर्न कोषले नेपाल वायुसेवा निगमलाई ऋण उपलब्ध गराएको छ ।

कोषले बैङक तथा वित्तीय संस्था र जलविद्युत गरी २० ओटा कम्पनीमा साढे ७ अर्ब रुपैयाँ सेयर लगानी गरिसेको छ । कोषले धमाधम बैङ्कहरुको संस्थापक सेयर खरिद गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x