Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैकले दियो करिब १४ अर्ब ऋण

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैकले दियो करिब १४ अर्ब ऋण

काठमाडौं १ असोज । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैंक अन्तर्गतको अन्तरराष्ट्रिय विकास संस्था (आईडीए) ले १३ अर्ब ६५ करोड (१२० मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ । विश्व बैंकले ‘युथ इम्प्लोयमेन्ट ट्रान्सफर्मेशन इनिसिएटिभ प्रोजेक्ट’ का नाममा उक्त ऋण स्वीकृत गरेको अर्थमन्त्रालयले बताएको छ । उक्त ‘प्रोजेक्ट’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहने बताइएको छ ।

यसका साथै सरकारले कार्यक्रमका लागि चालू आर्थिक वर्ष २०७६÷७७ मा ५ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । गत आवमा सरकारले यस कार्यक्रम अन्तर्गत १ लाख ८८ हजारलाई १३ दिनको काम दिएको र ७ हजार ४०० साना–ठूला परियोजना सञ्चालन भएको थियो । सरकारले बेरोजगारलाई वर्षमा कम्तीमा सय दिन काम दिने र काम दिन नसके वार्षिक २५ हजार ८५० रुपैयाँ भत्ता दिने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको थियो । गतवर्ष यस कार्यक्रमका लागि २ अर्बभन्दा बढी बजेट स्थानीय तहलाई अनुदानका रूपमा उपलब्ध गराइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x