संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थामा ओपीडी टिकट नि:शुल्क

काठमाडौं,२ असोज । सरकारले संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग सेवा अर्थात ओपिडी तर्फको टिकट निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट  निःशुल्क प्रदान गरेको हो । वीर अस्पताल देखि जिल्ला अस्पताल नगरपालिकाका लगायत सवै सरकारी स्वास्थ्य संस्थामा आज एक दिन देशै भर ओपीडी टिकट निशुल्क गरिएको हो । सरकारले संविधान दिवस भब्य रुपमा मनाउन सवैमा आग्रह गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *