Shangrila

९५ प्रतिशत भन्दा बढी निजामती कर्मचारी र शिक्षकले बुझाए सम्पत्ति विवरण

काठमाडौं, २ असोज ।  मुलुकका ९५ प्रतिशतभन्दा बढी निजामती कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएका छन् । कूल ८८ हजार ६ सय कर्मचारीमध्ये ८४ हजार ३ सय २ कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएको निजामती किताबखानाले जनाएको छ । यो सम्पति विवरण बुझाउनुपर्ने कुल कर्मचारीमध्ये ९५ दशमलव १४ प्रतिशत हो । कितावखानाका अनुशार जम्मा ४ हजार कर्मचारीले मात्र संम्पत्ति विवरण पेस गरेका छैन ।

यसै बीच यता शिक्षक कितावखाना तहचलमा सामुदायिक विद्यालयका झण्डै ८० हजार शिक्षकले सम्मप्ति विवरण बुझाएका छन् । गत साल १५ हजार बढी शिक्षकले सम्पत्ति विवरण नबुझाएपनि यस बर्ष भने सम्पत्ति विवरण नबुझाउने शिक्षकको संख्या ३ हजार पनि नरहेको विभागका कायम मुकाय महानिर्देशन दिनेश श्रेष्ठले जानकारी दिए ।   

सम्पति विवरण बुझाउन २८ भदौसम्मको समय तोकिएको थियो । भ्रष्ट्रचार निवारण ऐन अनुशार आर्थिक बर्ष समाप्त भएको ६० दिन भित्र सार्वजनिक पद धारण गरेको ब्याक्तीले आफ्नो सम्पत्ति विवरण वुझाउनु पर्ने ब्यवस्था गरेको छ । तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउनेलाइ ५ हजार जरिवाना गरिने कानूनी ब्यवस्था छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *