Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मुक्तिनाथ विकास बैंकद्वारा जेष्ठ नागरिकलाई खाद्यन्न सहयोग

काठमाडौं, २ असोज । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकहरुलाई सहयोज गरेको छ । लमजुङ्गको राइनास नगरपालिका वडा नं.५, स्थित पाउदी ढिकमा रहेको सर्वोदय सेवाश्रमले सञ्चालन गरेको जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।

१३ जना जेष्ठ नागरिक रहेको उक्त सर्वोदय सेवाश्रमको वार्षिकोत्सवको अवसर पारेर बैंकले खाद्यान्न प्रदान गरेको जनाएको छ । सहयोग गरेको खाद्यान्न बैंकका डुम्रे शाखा प्रमुख ईश्वर सापकोटाले सेवाश्रमलाई हस्तान्तरण गरेका हुन् ।

हाल बैंकले १ सय २० वटा शाखा कार्यालयबाट बैंकिङ्ग सेवा दिँदै आएको छ । त्यस्तै बैंकले असोज १ गतेदेखि ३० गतेसम्म लागु हुने गरी ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अफर सार्वजनिक गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x