Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सनराइज बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

सनराइज बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, २ असोज । सनराइज बैंक लिमिटेडले १२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरेको हो ।

‘रक्तदान गर्नुहोस्, ज्यान बचाउँनुहोस्’ भन्ने नारासहित बैंकले काठमाडौं प्रधान कार्यलयबाट कार्यक्रमको सुरुवात गरेको थियो । कार्यक्रमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले रक्तदान गरेर गरे । बुधबार बैंकले काँकडभिट्टा, लहान र बुटवल शाखाबाट पनि रक्तदान कार्यक्रम गरेको जनाएको छ ।

बैंकले आयोजना गरेको कार्यक्रमहरुमा करिब १ सय ५० भन्दा बढीले रक्तदान गरेको बैंकले जनाएको छ । बंैकले असोज महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x